विशेषज्ञ वडा क्लिनकअन्तर्गत १८२ जनाले लिए उपचार सेवा « Khabarhub

विशेषज्ञ वडा क्लिनकअन्तर्गत १८२ जनाले लिए उपचार सेवा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् । उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको सङ्ख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको सङ्ख्या ३३ रहेको छ । इसिजी सेवा १८ जनाले लिएका छन भने ७० वर्षमाथिका सेवाग्राही सङ्ख्या ४३ जना रहेको बताइएको छ । धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

उपमहानगरपालिकाका आमजनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले  जानकारी दिए ।

क्लिनिकबाट प्रत्येक महिना तालिकाअनुसार उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख ५० हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने र उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०० बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल