दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर मंसिर ४ मा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत, निगमको प्रष्टीकरण– ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन, ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष, दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. भण्डारी नियुक्त, अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत राख्नुपर्नेमा सासंदहरुको जोड, नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाद्धारा प्रर्दशन, काठमाण्डौबाट मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

मंसिर ४ मा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत 
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

अब भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छन् ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ मा गर्ने तयारीमा रहनुभएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।

बैठकमा सहभागी मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ । भोलिको क्याबिनेटले मिति घोषणा गर्ने तयारी भएको छ ।

निगमको प्रष्टीकरण– ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने स्पष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको दाबी गरेको छ ।

निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ ।

इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

सो कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ ।

अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रममा रहेको अख्तियार स्रोतले जनाएको छ । आयोगको निस्कर्ष सगैँ अब ,प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. भण्डारी नियुक्त

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा। डा। ज्योति प्याकुरेल भण्डारी नियुक्त भएका छन् ।

सविंधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।

अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत राख्नुपर्नेमा सासंदहरुको जोड
सांसदहरुले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरुले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यसायिकताको बुझाईमा प्रभावकारी हुने हुने भएकाले अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत ल्याउनुपर्ने बताए ।

अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवा मार्फत भर्ना लिन उचित हुने उनको भनाई छ । त्यस्तै सांसद गगन कुमार थापाले यसअघि बिशेष उदेश्यका साथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेपनि बिभागलाई उचित ढंगले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसंग मात्रै रहेको बताए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरुलाई आवश्यकता अनुसार कानूनमा राखिने बताएका छन् ।

उनले सुरक्षाका बिषयका कानूनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे । यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

कांग्रेस नेता निधि र भाजपाका नेता चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

दुई शीर्षनेताबीच भारतको नयाँदिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा आज बिहान भएको भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्र्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायतका बिषयमा छलफल भएको थियो ।

सो अवसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए ।

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाद्धारा प्रर्दशन
नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले कालो पट्टी बाँधेर जुलुस निकालेको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपाले आज दिक्तेल बजारमा कालो पट्टी बाँधेर नारा जुलुस निकालेको हो ।

प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि राप्रपा निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेको हो ।

राप्रपाले संघीयता खारेजीसम्मको नारा लगाएका छन् । जुलुस प्रदर्शनपछि किरातचोकमा भएको कोणसभालाई राप्रपाका अध्यक्ष ललितकुमार राई, युवा संगठनका सदस्य एवं राप्रपाका दिक्तेल रुपाकोट मझुवाढी नगर कमिटी उपाध्यक्ष प्रकाश थापा, महिला संगठनका जिल्ला संयोजक टिका खत्री र विद्यार्थी संगठनका अध्यक्ष विदेश राईले राप्रपाको २२ बुँदे माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राप्रपाले भ्रष्टाचार र चरम महँगी नियन्त्रण गर्न, राष्ट्र हित विपरीत सन्धि सम्झौता खारेज गर्न, अतिक्रमित भूमि फिर्ता गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका २२ बुँदे माग गर्दै आएको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपा निकट महिला संगठनले ११ साउनमा थाल ठटाउँदै जुलुस निकालेको थियो ।

काठमाण्डौबाट मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी
काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी भएको खुलेको छ ।

पक्राउ परेका व्यक्ति कैलालीका सन्तोष लामिछाने रहेको र उनी सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।

लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आज दिउँसो काठमाण्डौबाट मुम्बई जान लागेको विमानमा शङ्कास्पद व्यक्ति रहेको सूचना आएपछि प्रहरीले सबै यात्रुलाई ओरालेर जाँच गरेको थियो । जाँचका क्रममा दुई जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तकोसीको बाढीले विस्थापित २ हजार ५ सय परिवारको उद्धार

उदयपुरमा सप्तकोसीको धार परिर्वतन भएर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि विस्थापित २ हजार ५ सय परिवारको उद्धार कार्य जारी छ ।

अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् ।

वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै ३ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । आज बिहान पसेको कोसीले बेलका ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का २ हजार ५ सय परिवार विस्थापित हुनु परेको छ ।

उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए । बेलका नगरप्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताएका छन् ।

अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा कटान गरी कोसी गाउँ पसेको हो । बाढी पसेपछि बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ तथा सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित भएका छन् ।

कैलालीमा विद्यार्थीबीच झगडा हुँदा चक्कु प्रहार, एक युवक घाइते
कैलालीमा विद्यार्थीबिच झगडा हुँदा चक्कु प्रहार एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुबिच झगडा भएको हो । सुखडदेखी मसुरिया बसमा आउने क्रममा बिवाद हुँदा चक्कु प्रहार भएको र एक जना घाइते भएको प्रहरीले बताएको छ ।

गौरीगंगा ८ बढैपुरका इडेन जगं सुनारलाई गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५ का पुष्कर भाट र अन्य नाम नखुलेका २ जनाले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ०५ बजे

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि