थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा « Khabarhub

थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन् ।

जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए ।

कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए ।

जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालको भनाइ छ । अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ५३ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित