थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा « Khabarhub

थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन् ।

जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए ।

कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए ।

जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालको भनाइ छ । अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ५३ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल