ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा « Khabarhub

ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत दुई सय ६३ चालक कारबाहीमा परेका छन् ।

काठमाडौँउपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने दुई सय ६३ चालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको विशेष जाँच अभियानमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स पाँचवटा र अन्य सवारीसाधन एक सय ८७ वटालाई कारबाही गरिएको जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने सात चालकलाई कारबाही गरिएको छ । तीमध्ये दुई जना स्कुल बसका चालक रहेका छन् । कार्यालयका अनुसार सानो भ¥याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरी स्कुलको प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यानका चालक वीरेन्द्र तामाङ र बाँनियाटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्लिस हायर सेकेण्डरी स्कुलको बा २ क ६५७ नम्बरको बस चालक खीमप्रसाद पुनलाई कारबाही गरिएको हो ।

पक्राउ परेका विद्यालय बसका चालकलाई आवश्यक कारबाही गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रवक्ता भट्टले बताए । यस्तै पानी बोक्ने तीन र अन्य दुई सवारी साधनका चालकले मापसे सेवन गरी सवारी चलाएको पाइएको सो कार्यालयले जनाएको छ ।

ट्राफिक कार्यालयले आजै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ बस तथा माइक्रो बसका चालकलाई कारबाही गरेको छ । प्रवक्ता भट्टका अनुसार रत्नपार्क, स्वयम्भू, सोह्रखुट्टे, बौद्ध, जावलाखेललगायत क्षेत्रको अनुगमनबाट ती चालकलाई कारबाही गरिएको हो । कार्यालयले आरक्षण सिट कार्यान्वयन नगर्ने बसलाई रु तीन हजार जरिवाना लिँदै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ३६ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल