साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन « Khabarhub

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखी सूचना प्रकाशित गरेको हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट समेत वञ्चित हुने अवस्था देखिएकाले देशभरका सबै विद्यालयलाई एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै बोर्डले स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवं कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : २६ बजे

डा. बाबुराम भुल बने नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

काठमाडौं– डा. बाबुराम भुल नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व