अख्तियारको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट « Khabarhub

अख्तियारको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 हेटौँडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ ।

आयोगको हेटौँडास्थित कार्यालयमा गत आवमा एक हजार छ सय उजुरी परेको थियो । सोमध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको कार्यालयद्वारा जानकारी दिइएको छ । अर्थात् सो कार्यालयले उक्त अवधिमा ७० दशमलव ७५ प्रतिशत उजुरी फर्छ्योट गरेको हो ।

फर्छ्योट हुन बाँकी रहेका चार सय ६८ वटा उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको बताइएको छ । सबैभन्दा बढी उजुरी बारा जिल्लाको छ भने सबैभन्दा कम सिन्धुपाल्चोक र रसुवाको उजुरी रहेको कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

कार्यालयका अनुसार बारा जिल्लाका तीन सय ९१, रौतहट जिल्लाका तीन सय ७४, मकवानपुर जिल्लाका तीन सय १०, पर्सा जिल्लाका दुई सय ८६, चितवन जिल्लाका एक सय ६६, दोलखा जिल्लाका १८, धादिङ जिल्लाका १८, काभे्रपलाञ्चोक जिल्लाका १५, रामेछाप जिल्लाका ९ अघिल्लो वर्षको सरेर आएको० १२, नुवाकोटका चार, सिन्धुपाल्चोकका तीन र रसुवाका तीन वटा गरी कूल एक हजार छ सय उजुरी कार्यालयमा परेको थियो ।

ती उजुरीमध्ये बारा जिल्लाका दुई सय ७१, रौतहटका दुई सय ८६, मकवानपुरका दुई सय २७, पर्साका एक सय ७९, चितवनका एक सय ३४, दोलखाको नौ, धादिङको नौ, काभ्रेपलाञ्चोकका सात, रामेछापका तीन, नुवाकोटका तीन सिन्धुपाल्चोकका एक तथा रसुवाका तीन वटा उजुरी फर्छ्योटभएको सो कार्यालयका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले बताए ।

सो कार्यालयमा स्थानीय तह र शिक्षातर्फका सबैभन्दा बढी उजुरी रहेको छ । मन्त्रालयगतअनुसार स्थानीय तह (सङ्घीय मामिला) का सात सय ७८ वटा, स्थानीय शिक्षा तर्फका दुई सय ८९, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फका एक सय २१, प्रदेश उद्योग पर्यटन वन तथा वातावरण (वन वातावरणतर्फ) का ९७ तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ३९ तथा अन्य दुई सय ७६ वटा उजुरी परेको बताइएको छ ।

साथै कार्यालयले बितेको आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएको ८७ वटा उजुरी फर्छ्योट गरेको बताइएको छ । हेटौँडाको यस कार्यालयले रौटहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक र दोलखा गरी जम्मा ११ वटा जिल्ला हेर्दै आएको छ । रसुवा र दोलखा जिल्लालाई त्यहीँको प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्योजन गरिएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ४१ बजे

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले