युएईमा एक वर्षको अवधिमा १७४ नेपालीको मृत्यु  « Khabarhub

युएईमा एक वर्षको अवधिमा १७४ नेपालीको मृत्यु 



दोहा – आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ ।

दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

७ जनाको युएईमै अन्तिम संस्कार गरिएको दूतावासले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार युएईमा मृत्यु तथा घाइते भएकाहरूले पाउने रकम ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति नेपालको कन्सुलर शाखामार्फत पीडित परिवारलाई पठाइएको छ ।

यसैगरी, दूतावासले आर्थिक वर्ष २०७८-७९ मा १४ हजार १७१ पासपोर्ट जारी गरेको र ७५० जनालाई नेपाल फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट दिइएको जनाएको छ ।

यस्तै दूतावासले १ हजार ७५६ वटा माग पत्र प्रमाणीकरण र ४७६ जनालाई भिसा जारी गरेको जनाएको छ ।

युएईमा विभिन्न काममा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर