युएईमा एक वर्षको अवधिमा १७४ नेपालीको मृत्यु  « Khabarhub

युएईमा एक वर्षको अवधिमा १७४ नेपालीको मृत्यु 



दोहा – आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ ।

दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

७ जनाको युएईमै अन्तिम संस्कार गरिएको दूतावासले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार युएईमा मृत्यु तथा घाइते भएकाहरूले पाउने रकम ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति नेपालको कन्सुलर शाखामार्फत पीडित परिवारलाई पठाइएको छ ।

यसैगरी, दूतावासले आर्थिक वर्ष २०७८-७९ मा १४ हजार १७१ पासपोर्ट जारी गरेको र ७५० जनालाई नेपाल फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट दिइएको जनाएको छ ।

यस्तै दूतावासले १ हजार ७५६ वटा माग पत्र प्रमाणीकरण र ४७६ जनालाई भिसा जारी गरेको जनाएको छ ।

युएईमा विभिन्न काममा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको