उत्तरगया गाउँपालिकाले थाल्यो बनुवा सडकको मर्मत | Khabarhub Khabarhub

उत्तरगया गाउँपालिकाले थाल्यो बनुवा सडकको मर्मत


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ ।

बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।

भारी वर्षाको असरले बनुवा घुम्तीको पासाङल्हामु अन्तर्राष्ट्रिय मार्ग क्षति भएपछि बिरामी बोक्ने एम्बुलेन्स एवं हल्का सवारी साधनलाई सहजरूपले आवतजावत गराउन साँघुरो ग्रामीण सडकको उपयोग गर्न लागिएको बताउँदै उत्तरगया वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले ग्याबिन भर्ने काम अब एकदुई दिनमै सम्पन्न हुने जानकारी दिए ।

अबका दिनमा बोगटीटार, चौकेटार, बनुवा, कर्मिडाँडा हुँदै धैवुङकोटको ग्रामीण कृषि मार्ग निरन्तर सञ्चालन गराउने गृहकार्य भइरहेको वडाध्यक्ष आचार्यले जनाए । हल्का सवारी साधनका लागि सञ्चालनमा ल्याइएको तारूके, बेल्चौर आमभञ्ज्याङ खण्डको ग्रामीण सडकले मात्र धान्न नसक्ने अवस्था आएपछि ठूलोबनुवा हुँदै चौकेटारतर्फको ग्रामीण सडक सञ्चालनको सुधारात्मक कार्य अगाडि बढेको हो ।

पासाङल्हामु मार्गको नालीमा बग्ने पानी व्यवस्थापन नगर्दा बनुवा घुम्ती क्षेत्रको प्रमुख सडकमा ठूलो भाग क्षति भएको र मौखिकरूपको ठेक्काबाट अगाडि बढेको पुनःनिर्माणका काम पनि कछुवाको तालमा मात्र भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ५० बजे

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु

पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा

खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ