गोर्बाचोभको अन्त्येष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने « Khabarhub

गोर्बाचोभको अन्त्येष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । शनिबार मस्कोमा हुने अन्त्येष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदना व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।

सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : ०१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ