सिडिओको सिफारिस नभए हुम्लामा चामल नपाइने « Khabarhub

सिडिओको सिफारिस नभए हुम्लामा चामल नपाइने


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हाे।

सिमकोट डिपोका लागि गत आर्थिक वर्षको थप चार हजार र ढुवानी हुनु बाँकी ६ सय क्विन्टल पर्ने चार हजार पाँच सय क्विन्टल चामल समयमा ढुवानी हुन नसक्दा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त प्रमुख आचार्यले बताए ।

चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ भने जिल्लाका सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका नौ वटा बिक्री केन्द्र ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि दुई हजार पाँच सय, देउली बिक्री केन्द्रका लागि पाँच सय, सर्केगाड बिक्री केन्द्रका लागि दुई हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि एक हजार, याल्वाङ केन्द्रका लागि पाँच सय र लिमी केन्द्रका लागि पाँच सय गरी हुम्ला जिल्लामा लागि २० हजार पाँच सय क्विन्टल चामल स्वीकृत भई ठेक्का प्रक्रिया अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । जिल्लामा मनाइने विभिन्न स्थानीय चाडपर्वसँगै दसैँ तिहारमा चामलको अभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिइएको उनले बताइन् ।

अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६ सय क्विन्टल चामलमध्ये ६ सय क्विन्टल ढुवानीकाे समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन । गत वर्ष नेपालगन्जबाट २ हजार र सुर्खेतबाट दुई हजार क्वीन्टल चामल थप भए पनि नेपालगन्जबाट एक-एक हजार र सुर्खेतबाट एक-एक हजार गरी दुई-दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयर बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानीलाई दिएको भए पनि सीता एयरले नेपालगन्जबाट एक हजार क्विन्टल ढुवानी जिम्मा लिएर एक सय क्विन्टल मात्र ढुवानी गरेका र बाँकी नौ सय नेपालगन्जबाट र एक हजार सुर्खेतबाट गरी एक हजार नौ सय क्विन्टल र समिट एयरले पुरानो, ६ सय नेपालगन्जबाट एक हजार र सुर्खेतबाट एक हजार गरी दुई हजार ६ सय क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएको छ ।

वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सहरुको भनाइ छ । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने एयरलाइयन्सहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्