‘शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए’ « Khabarhub

‘शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका हुन् । 

हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा  संलग्न व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सात वटा आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।

प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदैँ गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् । उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदैँ गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।

मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नौ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र  सिरहामा १३ वटा क्याम्पस छन् । 

सम्मेलन उद्घाटनसत्रका प्रमुख अतीथि नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए । मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै महासेठले केही तत्वहरूले मधेशमा निक्कै षड्यन्त्र गरेको आरोप लगाए । उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले  मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दाबी गरे ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्