‘शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए’ « Khabarhub

‘शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका हुन् । 

हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा  संलग्न व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सात वटा आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।

प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदैँ गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् । उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदैँ गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।

मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नौ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र  सिरहामा १३ वटा क्याम्पस छन् । 

सम्मेलन उद्घाटनसत्रका प्रमुख अतीथि नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए । मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै महासेठले केही तत्वहरूले मधेशमा निक्कै षड्यन्त्र गरेको आरोप लगाए । उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले  मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दाबी गरे ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १ : ४६ बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि