‘अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरि नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्छ’ « Khabarhub

‘अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरि नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्छ’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउने  गरि नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । 

नेपाल चलचित्र निर्माता संघका १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरू रोजगारका लागि बिभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरि विकास गर्नुपर्ने बताएका हुन् । 

विदेशमा रहेका नेपालीहरूलाई पनि सहज रुपमा नेपाली चलचित्र हेर्न सक्ने गरि काम गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गरे । 

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  २ : ४३ बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि