खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती « Khabarhub

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ ।

प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिच सुरु गरेको थियो । ३० असार ०७८ मा सक्नेगरी ३० असार ०७७ मा खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । 

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब ६ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर, सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको वडाध्यक्ष शिवप्रसाद फुँयालले बताए ।

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो ।

परिवर्तित डिजाइनअनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो । आरसिसी ढलान अन्तिम चरणमा पुगे पनि पिच सुरु भएको छैन । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका ईन्जिनियर धिरज शाहले बताए । 

सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ६० देखि ७० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदैआएको छ । शाहले गुणस्तरहीन काम भएको भनिएको ठाउँमा गत असारमा केही ठाउँमा ढलान फुटाउन लगाएको तर गुणस्तरका विषयमा कसैले गुनासो नगरेको बताए ।

उनले योजनाको सुरुवाती चरणमा केही स्थानीयले ५-१० प्रतिशत पैसा मागेको दावी गरे । ‘ठूलो योजनामा बालुवा, गिटी तलमाथि भइ नै हाल्छ । कहीँ कहीँ फुटाउन लगाएर फेरी गर्न लगाएको छु । बिल पनि रोकेको छु,’ शाहले भने, ‘एक वर्षसम्म त उसको १० प्रतिशत धरौटी हुन्छ । ढलान राम्रो नभए फुटाउने हो, काम गराउने हो । अहिलेसम्म त्यस्तो केस परेको छैन ।

बिग्रेछ भने उनीहरूले नै बेहोर्छ, धरौटी जफत हुन्छ ।’ २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबर झैँ देखिएका छन् । खोटाङबजार प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको गृह वडा हो । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्