खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती « Khabarhub

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ ।

प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिच सुरु गरेको थियो । ३० असार ०७८ मा सक्नेगरी ३० असार ०७७ मा खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । 

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब ६ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर, सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको वडाध्यक्ष शिवप्रसाद फुँयालले बताए ।

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो ।

परिवर्तित डिजाइनअनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो । आरसिसी ढलान अन्तिम चरणमा पुगे पनि पिच सुरु भएको छैन । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका ईन्जिनियर धिरज शाहले बताए । 

सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ६० देखि ७० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदैआएको छ । शाहले गुणस्तरहीन काम भएको भनिएको ठाउँमा गत असारमा केही ठाउँमा ढलान फुटाउन लगाएको तर गुणस्तरका विषयमा कसैले गुनासो नगरेको बताए ।

उनले योजनाको सुरुवाती चरणमा केही स्थानीयले ५-१० प्रतिशत पैसा मागेको दावी गरे । ‘ठूलो योजनामा बालुवा, गिटी तलमाथि भइ नै हाल्छ । कहीँ कहीँ फुटाउन लगाएर फेरी गर्न लगाएको छु । बिल पनि रोकेको छु,’ शाहले भने, ‘एक वर्षसम्म त उसको १० प्रतिशत धरौटी हुन्छ । ढलान राम्रो नभए फुटाउने हो, काम गराउने हो । अहिलेसम्म त्यस्तो केस परेको छैन ।

बिग्रेछ भने उनीहरूले नै बेहोर्छ, धरौटी जफत हुन्छ ।’ २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबर झैँ देखिएका छन् । खोटाङबजार प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको गृह वडा हो । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ०१ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै