‘गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ’ « Khabarhub

‘गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताएका छन् । गौरा पर्व २०७९ को अवसरमा प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले गौरा पर्व र मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वको संरक्षणको निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।

सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।  

गहुँ, केराउ, गहत, मास र गुरौसको मिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वलाई धार्मिक सहिष्णुता र सद्भावको रुपमा पनि हेरिन्छ । गौरा पर्वको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गौरा पर्व सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो देशकै पर्व भएको बताउँदै त्यसको संरक्षण पनि सिङ्गो देशले नै गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का नेता भीमबहादुर रावलले पछिल्लो समयमा कला, संस्कृति, भाषा कमजोर भन्दै गएको भन्दै त्यसको राज्यले संरक्षण गर्नुपर्ने बताए । पूर्वमन्त्री चन्द्रदेव जोशी, नेपाली कांग्रेसका नेता रमेश लेखक, सांसद नीरादेवी जैरु र नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टलगायतले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सो पर्वले विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई अझै बलियो बनाउने उनीहरूको भनाइ थियो । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ५३ बजे

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट

मुस्ताङमा यार्सा संकलन सुरु

मुस्ताङ– मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ ।

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका