स्रोत नखुलेको साढे ३९ लाखसहित एक युवा पक्राउ « Khabarhub

स्रोत नखुलेको साढे ३९ लाखसहित एक युवा पक्राउ


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका टीकाराम भट्टराई छन् ।उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्युटीमा खटिएको प्रहरीले शुक्रबार दिउँसो साढे १२ पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौं आउँदै गरेको ना. ४ ख.९६७४ नम्बरको बसको ग्यालरीमा सवार भट्टराईले बोकेको हरियो रङको आर्मी कम्ब्याट खालको झोलामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ०५ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा