गाउँघरमा देखिन छाडे पिङ « Khabarhub

गाउँघरमा देखिन छाडे पिङ


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवाहरू पिङ हाल्न जुट्ने गर्थे । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी पिङको दसैँमा छुट्टै महत्त्व छ ।

 केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा  पिङ देखिन्थे । दसैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर बिस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ ।

पहिला पहिला दसैँ आउनु अगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको बेसिशहर ११ का डगमान श्रेष्ठ बताउँछन् । “दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उनले भने, “आजभोलि  गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला–पहिला दसैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको बेसिशहर ८ कि कमला केसी बताउँछिन्  । विगतका वर्षमा ल प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने श्रेष्ठको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपर्थ्यो, आजभोलि बिस्तारै घट्दै छ”, उनले भने । उनले संस्कृति जोगाउनका लागि युवापुस्ताले पिङ संस्कृतिमा चासो दिनुपर्ने उनी बताउँछन् ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दसैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : ५७ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी