दसैँको बिदामा मनाङ आउने पर्यटकको संख्यामा वृद्धि « Khabarhub

दसैँको बिदामा मनाङ आउने पर्यटकको संख्यामा वृद्धि


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मनाङ– नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दसैँको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ । 

बिदामा घुम्न मनाङ सहज हुँदै गएको छ । मनाङमा दसैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । ‘कोभिड-१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढेका छन् । विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,’ उनले भने। दसैँको बिदामा मनाङ भित्रिने आन्तरिक पर्यटक बढेको उनले बताए । 

केही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको यकिन तथ्यांक नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । करिब दुई वर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजनासहित भ्रमणमा आउन थालेका छन् । 

विसं २०७६ चैतदेखि नेपालका सबै संरक्षित क्षेत्र र अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो । कोभिड-१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । आन्तरिक पर्यटकको रोजाइँमा मनाङ र मुस्ताङ पर्ने गरेका छन् । अहिले पर्यटक मनाङ आउने समय अनुकूल हो । यो समयमा आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुन्छ । 

तीन हजार बढी पर्यटक भित्रिए 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा चालू आर्थिक वर्षको पहिलो चौमासिक पूरा नहुँदै पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।  साउनदेखि असोज १० गतेसम्म कूल तीन हजार आठ सय १८ बाह्य पर्यटक मनाङ भित्रिएको प्रमुख गौतमले बताए  । 

यस इलाकाअन्तर्गत सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेका छन् । चालू आर्थिक वर्षको असोज १० गतेसम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका १२२, अमेरिकाका १०८ र अन्य देशका ८७३ पर्यटक मनाङ घुम्न आएका छन् । 

–नारायण ढुङ्गाना रासस

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : १५ बजे

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै

देउखुरी– दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्

एनपीएल खेल्न फाफ डुप्लेसिस काठमाडौं आइपुगे (तस्बिरहरू)

काठमाडौं– साउथ अफ्रिकन क्रिकेट खेलाडी फाफ डुप्लेसिस नेपाल आइपुगेका छन्