मूर्ति बनाएर जीविकोपार्जन गर्दै टमटा « Khabarhub

मूर्ति बनाएर जीविकोपार्जन गर्दै टमटा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएको दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उनले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गरे।

उक्त कारखानामा टमटाले करिब १० वर्ष मजदूरीको काम गरे । उनी १० वर्षको त्यो अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिके र नेपाल फर्किए । ‘दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिएँ ।’उनले भने ,’काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।’ भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बनाउँछन् । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए ।

‘करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु ।’ टमटाले भने–’अहिले मूर्तिको माग धेरै बढेको छ, दार्चुला बैतडीदेखि काठमाडौँसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।’ उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए ।

आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागाएर बनाएको उनले बताए । ‘प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ ।’ उनले भने –’नौ महिना लगाएर बनाएको मूर्तिको चार लाख पारिश्रमिक पाए ।’ 

गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । विशेष गरी चाडपर्वको बेला मूर्ति बनाउने चाप बढी हुने गरेको बताए । ‘देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ ।’ टमटालले भने–’मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।’

नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए । ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो ।’ उनले भने–’आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।’ उनले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताए ।‘अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता छ ।’ टमटाले भने–’मैले सिकेको सीप अरुलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।’ उनले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताए ।

अहिले मूर्ति बनाएर साइज हेरेर रु २० हजार देखि चार-पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताए । ‘ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु ।’ उनले भने–’काठ, ढुङ्गा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।’ उनले अहिलेसम्म देशका विभिन्न भागमा मूर्ति बनाएर पठाएको बताए । ‘सुरुवातको केही समयमा काम गर्न असजिलो भयो ।’ टमटाले भने–’अहिले त मलाई खोज्दै आउछन्, म सन्तुष्ट छु ।’ 

–महादेव अवस्थी रासस

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका