विश्वमा इतिहासमा आजः वल्ड ट्रेड सेन्टरको स्थापनादेखि ग्रेट वालको अर्को खण्ड फेला « Khabarhub

विश्वमा इतिहासमा आजः वल्ड ट्रेड सेन्टरको स्थापनादेखि ग्रेट वालको अर्को खण्ड फेला


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज ३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

डोमिनिका स्वतन्त्र

सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिवियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश बनेको थियो ।

म्यारिनर १० अन्तरिक्षमा

अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक उड्ने पहिलो यान हो ।

अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

चीनको ग्रेट वालको अर्को खण्ड फेला

सन् १९९८ मा चीनको ग्रेट वालको केही खण्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

वल्ड ट्रेड सेन्टर स्थापना

सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर खुला गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : १९ बजे

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ