साउदीमा एक नेपालीलाई मृत्युदण्ड « Khabarhub

साउदीमा एक नेपालीलाई मृत्युदण्ड


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए।

यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी नदिई उनलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको सूचना अधिकारी आचार्यले बताए।

दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।

२००६ मा साउदी अरब पुगेका उनी, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। उनले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो।

पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो।

विष्टको परिवारबाट माफी भए पनि उपचारपछि स्वदेश फर्किएका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि उनीलाई मृत्युदण्ड दिइएको हो। उनीमाथि पशु करणीको पनि मुद्दा थियो।

यसअघि नेपाल भ्रमणमा आएका साउदीका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा परराष्ट्रमन्त्री नारायण खड्काले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका सन्तबहादुर पुन र विवेक दाहाललाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गरेका थिए।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन अझै त्यहाँ मृत्युदण्ड कुरेर बसिरहेका छन् भने दाहाललाई मृत्युदण्ड दिइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको