साउदीमा एक नेपालीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदीमा एक नेपालीलाई मृत्युदण्ड


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए।

यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी नदिई उनलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको सूचना अधिकारी आचार्यले बताए।

दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।

२००६ मा साउदी अरब पुगेका उनी, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। उनले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो।

पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो।

विष्टको परिवारबाट माफी भए पनि उपचारपछि स्वदेश फर्किएका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि उनीलाई मृत्युदण्ड दिइएको हो। उनीमाथि पशु करणीको पनि मुद्दा थियो।

यसअघि नेपाल भ्रमणमा आएका साउदीका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा परराष्ट्रमन्त्री नारायण खड्काले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका सन्तबहादुर पुन र विवेक दाहाललाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गरेका थिए।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन अझै त्यहाँ मृत्युदण्ड कुरेर बसिरहेका छन् भने दाहाललाई मृत्युदण्ड दिइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ४५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने