एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, ओली भोलि जाँदै « Khabarhub

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, ओली भोलि जाँदै


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पछि ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि लुम्बिनी पुग्नेछन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : ३० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा