जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन « Khabarhub

जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।

उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएका छन्। सहसचिवमा कलावती लावड र सृष्टि ठगुन्ना चुनिए। अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको महासंघका केन्द्रीय सदस्य रामप्रसाद अवस्थीले बताए। अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित थिए।

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ बैतडीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीतमार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन्।

कला भए पनि अवसर नपाएका मान्छेलाई समाजमा माथि उठाउन नसकेकै कारण उनीहरूको जीवनस्तर माथि नउठेको उनले बताए। भण्डारी बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ११ : ४५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ