जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन « Khabarhub

जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।

उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएका छन्। सहसचिवमा कलावती लावड र सृष्टि ठगुन्ना चुनिए। अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको महासंघका केन्द्रीय सदस्य रामप्रसाद अवस्थीले बताए। अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित थिए।

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ बैतडीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीतमार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन्।

कला भए पनि अवसर नपाएका मान्छेलाई समाजमा माथि उठाउन नसकेकै कारण उनीहरूको जीवनस्तर माथि नउठेको उनले बताए। भण्डारी बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ११ : ४५ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ