कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा | Khabarhub Khabarhub

कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका दुई सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।

जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि  वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको बताए । ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो’, उनले भने ।

समितिले एक सय सातलाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूचि निर्धारण गरिएको बताए। गत स्थानीय निर्वाचनमा दुई सय ३५ मतदानस्थल र चार सय ६८ केन्द्र राखिएको थियो । यस पटक मतदानस्थल एउटा घटाएर दुई सय ३४ र मतदान केन्द्र चार बढाएर चार सय ७२ कायम गरिएको छ । 

निर्वाचनका लागि तीन हजार सात कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ । तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । 

कपिलवस्तुमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी कूल नौ पदका लागि एक सय ४३ उम्मेदवार छन् । जिल्लामा दुई लाख दुई हजार एक सय २५ पुरुष, एक लाख ७६ हजार एक सय पाँच महिला र दुई अन्य गरी कूल तीन लाख ७८ हजार दुई सय ३२ मतदाता छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ३ : ५४ बजे

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु– बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने

किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

पाटन– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार

नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?

काठमाडौं– जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वमै धनीमध्येको मुलुक हो ।

प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा

स्पेन– विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

नेपालमा कमोडिटी मार्केट : कुरा धेरै, काम शून्य !

काठमाडौं– नेपालमा असार १५ गते दही–चिउरा खाएर धान रोप्ने चलन