दुई किशोरीलाई सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ | Khabarhub Khabarhub

दुई किशोरीलाई सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

बुटवल– दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जबर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ । 

रूपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरूसँग रातको सवा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२/१३ जना मानिसहरूको समूहले दुई किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ । 

जबर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरूमा रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर बस्ने १८ वर्षीय  राहुल परियार, वर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को  परिवर्तित नाम एस बि, गैँडहवा गाउपालिका वडा नम्बर८ मैनिया दुर्गामन्दिर बस्ने वर्ष २६ को राम बहादुर बिक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरूले मोटरसाइकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार  देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ वर्षीया र १६ बर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाइकलमा अपहरण गरी लगेका थिए ।

ती मध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरूले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरू पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्धार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा  पीडित नाबालिकाका दाजुहरू समेत घाईते भएका थिए ।  

एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षीया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ वर्षीया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो । देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जबर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो ।

त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्धार गरेको थियो भने घटनामा संलग्न मानिसहरु तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सालझण्डस्, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभीन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सम्पूर्ण प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ५ : ५१ बजे

हिलाम्मे खेतजस्तै सडकको अवस्था, स्थानीयलाई सास्ती 

बलेवा– राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस

काठमाडौं- पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका

प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने

काठमाडौं– इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा

कृष्णपुरका किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

कञ्चनपुर– व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २