कसैले पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : अमृत गुरुङ « Khabarhub

कसैले पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : अमृत गुरुङ


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् ।

मानवीय सेवामा समर्पित मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट)को पूर्वसन्ध्यामा आज आश्रमको काठमाडौँ शाखा रानीवनमा आयोजित एक समारोहमा वरिष्ठ गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्कसेतु भएर काम गर्न तयार रहेको बताए ।

‘हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्’, उनले भने । मानवसेवा आश्रममा संरक्षित बेसहाराहरूको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने जिकिर गरे ।

‘काठमाडौँ उपत्यकामा ३५–४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरूलाई नमन छ, यहाँहरूको उद्देश्यलाई हामी होस्टेमा हैँसे गर्दै जाने प्रयास गर्नेछौँ’, गायक गुरुङले भने ।

उनले आश्रमले देखाएको बाटोमा आफूहरू हिँड्न कोसिस गर्ने प्रतिबद्धता जनाए । मानवीय कार्य अघि बढाएकामा आश्रमलाई धन्यवाद दिँदै गायक गुरुङले आश्रित बेसहारातर्फ फर्किएर भने, ‘छिट्टै हामी मिलेर साङ्गीतिक कार्यक्रम गर्दैछौँ, हामीहरूलाई आशीर्वादको धेरै आवश्यकता छ, हामीलाई आशिष दिनुहोस्, तपाईँहरूका निम्ति हामी अरु धेरै काम गर्न सकौँ ।’

उक्त समारोहमा मङ्सिर १६ गतेदेखि पुस १६ गतेसम्म मुलुकका १० सहरमा हुने कन्सर्टको संयोजन गर्ने नेपालयका कार्यक्रम संयोजक अर्पण शर्माले मानवसेवा आश्रमको अभियानमा आफ्नो साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे।

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले साङ्गीतिक माध्यमबाट विभिन्न सामाजिक अभियानमा लागेका वरिष्ठ गायक गृरुङले मानवसेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकामा खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ५३ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ