रुसमा युद्ध अपराधको श्रृंखला थपिँदै | Khabarhub Khabarhub

रुसमा युद्ध अपराधको श्रृंखला थपिँदै


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

युक्रेनको हरेक स्थानमा रुसले गरेको आक्रमणका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ। अस्पताल, प्रसूति गृह, शिक्षालय लगायत स्थानमा रुसी बर्बरता धेरै महिनादेखि जारी नै छ। यसै बर्बरताको एउटा उदाहरण ऊर्जा केन्द्र माथिको आक्रमण हो।

ऊर्जा केन्द्रमा भएको आक्रमणका कारण अहिले धेरै क्षेत्रमा समस्या देखिएका छन्। यो समस्याले जाडो महिनामा अर्को समस्या देखिन सक्छ। खासमा जाडो महिनामा त्यहाँको तापक्रम शून्य डिग्री भन्दा कम हुनसक्छ।

ऊर्जामा देखिएको यो सङ्कटका कारण धेरैको ज्यान जोखिममा परेको छ। यो युद्ध अपराध हो या होइन भन्नु एउटा गम्भीर बहस अहिले सुरु भएको छ। राष्ट्र सङ्घ, मानव अधिकारवादी सङ्गठन र अन्य वैदेशिक नियोगका लागि यो छानबिनको विषय हुनसक्छ।

युक्रेनी र धेरै पश्चिमा नेता रुसको यो हरकतलाई युद्ध अपराधकै संज्ञा दिन चाहन्छन्। यसले आम नागरिकको जीवनमा क्षति पुग्ने भएका कारण यसलाई युद्ध अपराधको कोटीमा उनीहरूले राखेका हुन्।

धेरै पहिलेदेखि युद्धको समयमा ऊर्जा केन्द्रमा आक्रमणको प्रचलन छ। त्यसै बाट सैन्य गतिविधि भएमा नागरिकलाई असर गर्ने केही कुरा छाडेर आक्रमण गर्ने चलन छ। तर, अहिले रुसले भने केही पनि नछाडेर हिंस्रक रूपमा अन्धाधुन्ध प्रहार गरेको छ।

नागरिकमाथिको प्रहार पनि सैन्य प्रयोजनले भएको छ भने त्यसलाई ‘मिलिटरी एडभान्टेज’ को रूपमा लिइने गरिन्छ। यस अगाडि सन् १९९१ मा इराकको ऊर्जा केन्द्रमा अमेरिकाले आक्रमण गरेको थियो। त्यो समयमा त्यो घटनाको पनि आलोचना नभएको होइन। तर, त्यस समय र अहिलेको समयमा केही भिन्नता पक्कै छन्। सन् १९९९ मा सर्बियामा पनि नाटो सेनाले प्रहार गरेको थियो। यसमा फाटफुट जनताहरू प्रभावित भएका थिए।

सामान्यतयाः आणविक रूपमा विपक्षीलाई निःशस्त्र गर्नकै लागि ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रचलन हो। अहिले रुसी नियम भने फरक देखिएको छ। युक्रेनमा केही समय भए पनि बिजुली बत्तीको अभाव फैलाएर यस सँग सम्बन्धित व्यक्तिको जीवनमा खेलबाड गर्ने उनीहरूको नीति देखिएको छ।

अन्तर्राष्ट्रिय क्षेत्रको यो आरोपका बाबजुद रुसले लगातार आफूहरूले ऊर्जा केन्द्रमा प्रहार गरेको कुरा अस्वीकार गरी रहेको छ। १८ नोभेम्बरमा त्यहाँको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सैन्य कमान्डका क्षेत्र भन्दा बाहिरका ऊर्जा श्रोत केन्द्रमा आक्रमण नभएको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयको दाबी त्यस्तो भए पनि प्रहार गर्ने खराब शैली तथा अन्धाधुन्ध प्रहारले त्यहाँको जन जीवन तहसनहस नै भएको छ।
किङ्स कलेज वार स्टडीज डिपार्टमेन्टकी डा मारिया भरकाइका अनुसार राज्यले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको ख्याल राख्दै नागरिकको कम क्षति हुनेगरी सैन्य फाइदा मात्र लिन सक्ने गरी आक्रमण गरे यो मानव अधिकार अपराधको रूपमा रहँदैन ।

युद्ध अपराधका ज्ञाताकै अनुसार नै सैन्य उद्देश्य र लक्ष्यमा मात्र केन्द्रित भएर ऊर्जा केन्द्रमा आक्रमण गर्दा पनि कसैको ज्यान गएमा यो युद्ध अपराध ठहरिँदैन। तर, सैन्य लाभ लिइएको तर नागरिकको जीवनमा खतरा नभएको भन्नका खातिर केही आधारभूत कुराहरू भने पक्कै छन्। युद्धमा सरिक पक्षले आम व्यक्तिको जीवन र उनीहरूको सम्पत्तिको हितमा आफूलाई समर्पित गर्ने भनिएको छ।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले बताए अनुसार ऊर्जा सङ्कटका कारण एक करोड जना प्रभावित भएको र देशको आधा विद्युत् कटौती भएको बताएका छन्। ६० लाख त अझै ऊर्जा सङ्कटको अभावमा छन्। युद्ध विज्ञ प्राध्यापक स्किमिटका अनुसार नागरिकको गम्भीर क्षति भएको समयमा यसलाई सामान्य रूपमा लिइनु गम्भीर गल्ती हो।

यसलाई युद्ध अपराध मान्ने या नमान्ने भन्ने कुराको तय त्यस आक्रमणले प्राप्त गर्ने सैन्य लाभको मात्रामा पनि निर्भर गर्छ। ‘मान्छेलाई तर्साउनु या दबाब दिनुलाई सैन्य फाइदा भन्न मिल्दैन’ डा. भर्काइले भनेकी छिन्, ‘मानिसलाई तर्साउनु भनेको युद्ध अपराध नै हो।’

धेरैले किभलाई वार्ताका लागि दबाब दिनकै लागि रुसले नागरिक माथि यातना दिइरहेको हो। क्रेमिलिनका प्रवक्ता डिमिट्री पेस्कोभ भने युक्रेनले समस्या समाधान गर्न नचाहेको आरोप लगाउँछन्। आक्रमण गर्ने पक्षले सार्वजनिक ऊर्जा केन्द्रमा प्रहार गर्नुको मतलब मानसिक रूपमा हतोत्साहित बनाउनु हो। तर, यसलाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक रूपमा हेर्न जरुरी नै छैन।

अन्तर्राष्ट्रिय मान्यता अनुसार आक्रमणलाई वैद्य बनाउनका लागि सैन्य लाभमा केन्द्रित भएको पनि पुष्टि हुनुपर्छ। स्किमिटले रुसले अहिले युक्रेनमा गरेको कुनै पनि आक्रमणले ती सबै कुरा पुष्टि गर्न नसक्ने बताउँछिन्। उनका अनुसार कुनै स्थान लक्षित नगरी देश भरी यत्रतत्र आक्रमण गर्नु नै गलत हो। उनी पनि रुसको एक मात्र उद्देश्य युक्रेनका नागरिकलाई आतङ्कित गराउनमा नै केन्द्रित छ।

२८ नोभेम्बर यता मात्र रुसले २ सय भिन्न स्थानमा आक्रमण गरेको थियो। त्यहाँको रक्षा मन्त्रालयले जनाए अनुसार ऊर्जा केन्द्रमा नै लक्षित गरेर ती आक्रमण भएका छन्। धेरै प्रान्तका बासिन्दा अहिले बिजुली बत्तीको अभावमा तड्पी रहेका छन्।

स्किमिटकै विचारमा यो रुसको अर्को रणनीतिक रूपमा ‘मिसक्याल्कुलेसन’ हो। यी यावत तथ्यकै आधारमा धेरै जना रुसले मानव अधिकारवादी कानुनको उल्लङ्घन गरेको बताउँछन्। भविष्यमा यी दुई देश बीचको सम्बन्ध कता जाने हो निश्चित छैन। कुनै दिन युद्ध विरामको सम्भावना पनि नभएको होइन। तर, गलत रुसी नीतिका कारण युक्रेनी जनताले भोगेको अर्को दुखको भने क्षतिपूर्ति हुने छैन। जेनेभा प्रोटोकल पुरा भएको छ या छैन भनेर हेर्नु पर्ने धेरै विषयमा यो पनि एउटा प्रमुख विषय हो।

विगत केही महिनादेखि नै रुसले युक्रेनको ऊर्जा क्षेत्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्र संघले यसमा आपत्ति जनाएको थियो। दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउँदै आएका थिए।

सुरक्षा परिषद्को बैठकमा समेत बारम्बार यस विषयमा कुरा उठेको थियो। संयुक्त राष्ट्र« महासङ्घका महासचिव एन्टेनियो गुटरेसले समेत यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताएका थिए। अमेरिकाले त आणविक ऊर्जा केन्द्रमा राष्ट्र सङ्घबाट नै भ्रमण हुनुपर्ने आवाज उठाएको थियो।

अहिले रुसले कति युद्ध अपराधका घटना घटाएको छ भन्ने कुराको यथेष्ट प्रमाण भएको छैन। युक्रेनकै अनुसार ३४ हजार युद्ध अपराधका घटना भएको छ। रेडक्रसले पनि युद्धका नियम हुने भए पनि रुसले ती सबै नियमलाई पार गरेको बताएका छन्।

युद्ध अपराधका अन्य धेरै दायरा छन्। युद्धको समयमा सैन्य शिविर र सेनाभन्दा बाहेक अन्य कुनै पनि स्थानमा हुने आक्रमणलाई युद्ध अपराधको संज्ञा दिइन्छ। युद्ध अपराधै क्रममा रुसले बस्ती त धेरै नै उजाड पारेको छ। साथमा प्रसूति गृह, अस्पताल, वृद्धाश्रम र विद्यालयमा समेत रुसले कुनै आक्रमण बाँकी राखेको छैन।

यस अर्थमा अनेकौं युद्ध अपराध गरेको रुसको यस शृङ्खलामा ऊर्जा केन्द्रमाथिको आक्रमण अर्को युद्ध अपराधको रूपमा रहेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ५७ बजे

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या

चितवन– चितवन कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौं–  गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का

सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं– नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४