एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग « Khabarhub

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन्।

“राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौँ”, अध्यक्ष नगालले भनिन्, “यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन भएको छ ।” विशेष गरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिइन् ।

यही मङ्सिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानवअधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समूहले अपिल गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ५९ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि