एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग « Khabarhub

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन्।

“राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौँ”, अध्यक्ष नगालले भनिन्, “यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन भएको छ ।” विशेष गरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिइन् ।

यही मङ्सिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानवअधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समूहले अपिल गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै