अब फोहर गाड्नु र जलाउनु पर्दैन « Khabarhub

अब फोहर गाड्नु र जलाउनु पर्दैन


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे । फोहर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्‍यो । अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो तर, अब भने त्यो समस्या हटेर गएको छ । अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि भने त्यो समस्या अन्त्य भएको छ ।

अब अस्पतालजन्य फोहर त्यही केन्द्रमा पठाउने र सङ्क्रमणयुक्त फोहरलाई सङ्क्रमणमुक्त बनाइने छ । गल्ने, नगल्ने फोहरलाई छुट्टै राखिनेछ । अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालका अनुसार सङ्क्रमण मुक्त बनाइएका ती फोहरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ । “पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने पनि गरिएको अवस्था थियो”, उनले भने, “तर, अब सङ्क्रमणमुक्त बनाएपछि नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन हुनेछ, यसले अस्पतालको फोहर व्यवस्थापनमा सहज भएको छ ।”

अस्पतालमा फोहरलाई सङ्क्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ । ती मेसिनबाट फोहरलाई सङ्क्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहनगरपालिकालाई जिम्मा लगाइन्छ । युएनडिपी र चाइन एडले उक्त केन्द्र स्थापना गरेका हुन् । रु दुई करोड ५० लाख लागतमा उक्त केन्द्र स्थापना गरिएको हो । घरमा हुने फोहर र अस्पतालमा हुने फोहरमा निक्कै फरक हुने भन्दै यसलाई व्यवस्थापन गर्न आफूहरुले भवन निर्माण गरेको युएनडिपीका आयोजना प्रवन्धक राजेश मिश्रले बताए।

अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित विभिन्न छ अस्पतालमा यस्ता सरसफाइ केन्द्र स्थापना गरिएको हो । एक वर्षदेखि निर्माण थालिएको उक्त कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ । यहाँ जोडिएका मेसिन उच्च गुणस्तरको भएको समेत मिश्रले दाबी गरे । यो मेसिन जडानका लागि चीनबाट प्राविधिक आएका थिए । साथै त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनका लागि तीन दिने तालिमसमेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : १५ बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या