काठमाडौँमा हस्तकला व्यापार मेला हुने « Khabarhub

काठमाडौँमा हस्तकला व्यापार मेला हुने


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो ।

काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए।

प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत कला लोपोन्मुख बन्दै गएको अहिलेको अवस्थामा ती कला, संस्कृतिको संरक्षण गर्न देशभर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

हस्तकलाकाका विभिन्न वस्तु तथा गरगहनालगायत सामग्रीको माग विदेशमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशी दूतावास तथा नियोगमा पत्राचार गरी कूटनीतिज्ञलाई मेलामा सहभागी हुन आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

काठमाडौँका विभिन्न ठाउँबाट प्रदर्शनीस्थल बौद्धस्थित ह्यात होटलसम्म निःशुल्क साझा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाइएको छ । मेलामा करिब एक सय ५० बिक्री कक्ष रहने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०६ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी