जोखिम मोल्दै जीर्ण भवनमा पढाइ « Khabarhub

जोखिम मोल्दै जीर्ण भवनमा पढाइ


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ ।

बाल शिक्षासहित कक्षा ३ सम्म पढाइ हुने यो विद्यालय २०६४ सालमा डिप्रोक्स नेपालको सहयोगमा निर्माण गरिएको थियो । सिलेटको छानोदेखि माटोले निर्माण गरिएको उक्त विद्यालय अहिलेसम्म मर्मतसमेत नभएको विद्यालयका प्रधानाध्यापक बुद्धि ध्यारले बताए ।

रग्दा गाउँका अधिकांश विद्यार्थी यही विद्यालयमा पढ्ने गर्दछन् । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने रग्दामा सबै बालबालिका पढ्ने भरपर्दो विद्यालय नै यही हो । विद्यालय भवन निर्माणका लागि सबै नेताहरुलाई सहयोग माग गरे पनि अहिलेसम्म कसैबाट सहयोग नपाएको स्थानीयवासीको गुनासो छ ।

बालशिक्षासहित पाँच शिक्षक रहेको यस विद्यालयमा वर्षायाममा चुहिएर बस्न समस्या हुन्छ भने हिउँदयाममा हावाहुरीले विद्यालयको छानाबाट सिलेट खसेर चोट लाग्ने डर हुने गरेको छ । विद्यालय कुन समयमा भत्किन्छ भनेर आफूहरु हैरान भएको प्रधानाध्यापक ध्यारले बताउनुभयो । विद्यालय निर्माणका लागि सबैसँग सहयोग मागे पनि कसैले ध्यान नदिएको ध्यारको गुनासो छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ५२ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार