अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : स्वास्थ्यमन्त्री खापुङ « Khabarhub

अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : स्वास्थ्यमन्त्री खापुङ


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रियामा शुभकामना सन्देश दिँदै उनले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताए ।

अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समावेशिताको नामबाट वञ्चित रहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा विकासका अन्य कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिले देश विकासमा पु¥याएको योगदानको समेत चर्चा गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालले अपाङ्गतासम्बन्धी महासन्धि अनुमोदन गरिसकेकाले समावेशी स्वास्थ्य, पुनःस्थापना र सहायक स्वास्थ्य सामग्री अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकार सुनिश्चित गर्ने माध्यम रहेको बताए ।

स्वास्थ्यका हरेक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न उनले आग्रह गरे । अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य प्रणालीमा ल्याउनसमेत उनको अनुरोध थियो ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना सरकारले एक्लैले मात्र गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए । उनले हरेक नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तीन÷तीन महिनामा घरदैलौ कार्यक्रम गर्नुपर्नेसमेत बताए ।

महाशाखाका निर्देशक डा चुमनलाल दासले अपाङ्गता भएका कारणले स्वास्थ्यमा थप जोखिम देखिएको अपाङ्गतालाई जति सक्दो चाँडो स्वास्थ्य उपचार उपलब्ध गराउनुपर्ने बताए । उनले दुर्गम क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई समेट्न गरी नेपालको स्वास्थ्य प्रणालीलाई अपाङ्गता समावेशी बनाउने अभियान भइरहेको जानकारी दिए । उनले अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा उपलब्ध गराउन नयाँ बन्ने भौतिक पूर्वाधारमा अपाङ्गमैत्री बनाउन आफूहरुले निर्देशन दिएको बताए ।

महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापितले अपाङ्गता भएका व्यक्तिमा मधुमेह, कुषोषण जस्ता रोग बढी देखिने भएकालाई उनीहरुलाई स्वास्थ्यको पहुँच सहज बनाउनुपर्ने बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिमा तीन गुणा बढी मधुमेह र अपाङ्गता भएको बच्चामा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि