जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक छ : गणेश तिमिल्सिना « Khabarhub

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक छ : गणेश तिमिल्सिना


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् ।

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए । नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प नभएको भन्दै स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो सङ्केत नभएको बताए।

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समूदायको पनि भएको बताउँदै भने, “सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला । दलप्रति वितृष्णा बढ्नु राम्रो होइन ।”

अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरूले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : २४ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का