कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी « Khabarhub

कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा २ हजारभन्दा बढी आप्रवासी श्रमिकले कम्पनीविरुद्ध उजुरी दिएका छन् । कतारको श्रम मन्त्रालयले सन् २०२१ को तथ्यांक सार्वजनिक एक बर्षको अवधिमा रोजगारदाता कम्पनीविरुद्ध विभिन्न बिषयमा २ हजार १७३ श्रम उजुरी परेको जानकारी दिएको हो ।

तीमध्ये १ हजार ८ सय ५५ उजुरी प्रक्रियामा रहेको, ६९ फरार र २४९ समितिमा पठाइएको मन्त्रालयले जनाएको छ । रोजगारदाताविरुद्ध घरेलु कामदारको उजुरीको संख्या १०४ पुगेको छ, जसमध्ये ६२ वटा प्रक्रियामा छन्, २६ वटा समाधान भएको छ भने १६ वटा समितिमा पठाइएको मन्त्रालयलाई उद्रित गर्दै पेनिन्सुला कतारले जनाएको छ ।

प्रतिष्ठानविरुद्ध सर्वसाधारणबाट १ सय १३ उजुरी परेका थिए । ती सबैको टुङ्गो लगाइएको जनाएको छ । सन् २०२१ मा २ हजार ९ सय ९ पटक सरकारी निकायबाट अनुगमन गरिएको र सो क्रममा ५ सय ५८ पटक विभिन्न कम्पनी तथा सम्वन्धित व्यक्तिलाई चेतावनी दिइएको मन्त्रालयले जनाएको छ । सो क्रममा ४ सय ४६ वटा कम्पनीले श्रम कानुन उल्लंघन गरेको पाइएको जनाइएको छ ।

सन् २०२१ मा २ हजार ९०९ पटक मन्त्रालयले विभिन्न कम्पनीहरुको अनुगमन गरेको थियो । यी अनुगमनका क्रममा ५५८ कम्पनीलाई चेतावनी दिइएको छ भने २४६ कम्पनीविरुद्ध उल्लंघन प्रतिवेदन तयार गरिएको छ ।

पेशा परिवर्तनका लागि जम्मा २ हजार ९ सय ८५ आवेदनमध्ये १५ वटा मात्रै खारेज भएको मन्त्रालयले जनाएको छ । एक हजार ४०९ नयाँ भर्ना अनुरोधहरू मध्ये, ४९० अस्वीकृत भएका छन् । श्रम कानून उल्लङ्घन गरेको भन्दै मन्त्रालयले ३८ प्रतिष्ठानसँगको कारोबार रोक्का गरेको जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ५० बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति