कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी « Khabarhub

कतारमा २ हजारभन्दा बढी श्रमिकले दिए कम्पनीविरुद्ध उजुरी


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा २ हजारभन्दा बढी आप्रवासी श्रमिकले कम्पनीविरुद्ध उजुरी दिएका छन् । कतारको श्रम मन्त्रालयले सन् २०२१ को तथ्यांक सार्वजनिक एक बर्षको अवधिमा रोजगारदाता कम्पनीविरुद्ध विभिन्न बिषयमा २ हजार १७३ श्रम उजुरी परेको जानकारी दिएको हो ।

तीमध्ये १ हजार ८ सय ५५ उजुरी प्रक्रियामा रहेको, ६९ फरार र २४९ समितिमा पठाइएको मन्त्रालयले जनाएको छ । रोजगारदाताविरुद्ध घरेलु कामदारको उजुरीको संख्या १०४ पुगेको छ, जसमध्ये ६२ वटा प्रक्रियामा छन्, २६ वटा समाधान भएको छ भने १६ वटा समितिमा पठाइएको मन्त्रालयलाई उद्रित गर्दै पेनिन्सुला कतारले जनाएको छ ।

प्रतिष्ठानविरुद्ध सर्वसाधारणबाट १ सय १३ उजुरी परेका थिए । ती सबैको टुङ्गो लगाइएको जनाएको छ । सन् २०२१ मा २ हजार ९ सय ९ पटक सरकारी निकायबाट अनुगमन गरिएको र सो क्रममा ५ सय ५८ पटक विभिन्न कम्पनी तथा सम्वन्धित व्यक्तिलाई चेतावनी दिइएको मन्त्रालयले जनाएको छ । सो क्रममा ४ सय ४६ वटा कम्पनीले श्रम कानुन उल्लंघन गरेको पाइएको जनाइएको छ ।

सन् २०२१ मा २ हजार ९०९ पटक मन्त्रालयले विभिन्न कम्पनीहरुको अनुगमन गरेको थियो । यी अनुगमनका क्रममा ५५८ कम्पनीलाई चेतावनी दिइएको छ भने २४६ कम्पनीविरुद्ध उल्लंघन प्रतिवेदन तयार गरिएको छ ।

पेशा परिवर्तनका लागि जम्मा २ हजार ९ सय ८५ आवेदनमध्ये १५ वटा मात्रै खारेज भएको मन्त्रालयले जनाएको छ । एक हजार ४०९ नयाँ भर्ना अनुरोधहरू मध्ये, ४९० अस्वीकृत भएका छन् । श्रम कानून उल्लङ्घन गरेको भन्दै मन्त्रालयले ३८ प्रतिष्ठानसँगको कारोबार रोक्का गरेको जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ५० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य