सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग « Khabarhub

सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् ।

हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक पौडेलसँगको भेटमा आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूको जर्तीको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने र लेखापरीक्षणमा एकरुपता कायम गर्नसमेत माग गरे ।

विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरूलाई अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं,’ उनले भने ।

महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : १५ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज