ललिता निवास प्रकणका प्रमुख अभियुक्त ढकालसहित ५ जनाविरुद्ध २ अर्ब ४० करोडको मुद्दा दायर « Khabarhub

ललिता निवास प्रकणका प्रमुख अभियुक्त ढकालसहित ५ जनाविरुद्ध २ अर्ब ४० करोडको मुद्दा दायर


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकणका मुख्य अभियुक्त शोभाकान्त ढकालमाथि राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसनधान विभागले मंगलबार ढकालसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठका विरुद्धमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो। विभागले एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैयाको बिगो र सोही बराबरको जरिमाना गरी दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्ने दाबीसहित मुद्दा दायर गरेको हो।

शोभाकान्त सञ्चालक रहेको आनसान प्रालिको लेखा परीक्षण राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठले गरेका थिए । श्रेष्ठले राजश्व चुहावट गर्ने मनासायले जालसाजीयुक्त, नक्कली तथा झुठो मूल्य अभिवृद्धि कर विवरण तयार गरेको भेटिएको विभागले दाबी गरेको छ ।

प्रेस विज्ञप्‍ति

मितिः- २०७८।०९।२०

राजस्व अनुसन्धान विभागबाट निम्न विवरण सहितको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटन, ललितपुरमा मिति २०७८।०९।२० मा दायर गरिएको छ।

  • अभियुक्तको विवरणः
  • जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा.लि. (स्था.ले.नं.301330563) को संञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ तथा
  • जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर 7 सुन्धारा स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा.लि. (स्था.ले.नं. 301330563) को लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनी (स्था.ले.नं. 301443603) का प्रोपराइटर राजेश्वर श्रेष्ठ
  • कसुरको संक्षिप्‍त विवरणः उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको ।
  • कायम भएको विगो र सजायको मागदाविः राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन 2052 को दफा 3 ले निषेधित सोही ऐनको दफा 4(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा 2(छ१) हुन आउने मु.अ.कर तर्फ रु. 42,26,07,351।-, आयकर तर्फ रु.68,48,26,097।- र लाभासं तर्फ रु. 9,74,84,376।- समेत जम्मा हुन आउने कुल विगो रु.1,20,49,17,824।- (एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 1,20,49,17,824।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु.1,20,49,17,824।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको ३ वर्षसम्म कैद सजाय हुन र उक्त फर्ममा राजस्व चुहावटमा सहयोग गरेकोले ऐनको साविक दफा २३ को उपदफा (२) तथा (पहिलो संशोधनसमेत) दफा २३ को उपदफा (१)को देहाय (घ) बमोजिम हुने सजायमा दफा २३ उपदफा (३) बमोजिम निज प्रतिवादी राजेश्‍वर एण्ड कम्पनीका प्रोपाइटर लेखापरीक्षक राजेश्‍वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी गरी यो अभियोग पत्र दायर गरिएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : ४७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ