माओवादी सांसदले घुर्की लगाएपछि फकाउन कांग्रेसलाई हम्मे हम्मे « Khabarhub

माओवादी सांसदले घुर्की लगाएपछि फकाउन कांग्रेसलाई हम्मे हम्मे


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँग छलफल थियो ।

छलफलमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको मोडल प्रस्तुत गरेर दीर्घकालीन समाधानका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिए । त्यसमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले सहमति जनाउँदै समितिबाट भएका निर्देशन कार्यान्वयनमा गइरहेको र केही भुक्तानी गर्न बाँकी रहेको सुनाए । उखु किसानको समस्या समाधानका लागि आफ्नो मन्त्रालय जुनसुकै निर्णय गर्न तयार रहेको बताए । तर सधै प्रतिबद्धता आउने र समाधान नभएको देखेका सांसदहरु भने रन्किए ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आमरण अनसन बसेर घुँडा टेकाउनेसम्मको अभिव्यक्ति दिए । त्यसपछि माओवादीकै सांसद धर्मशीला चापागाईं १५ असोज २०७५ अर्थात तीन वर्ष अघि दिइएका निर्देशन अझै कार्यान्वयन नभएको, समस्या ज्युँका त्युँ रहेको भन्दै कड्किएकी थिइन् ।
सचिवहरूको जवाफ चित्तो बुझ्दो नभएको भन्दै यो विषयमा छलफल गर्न उनले कांग्रेस नेतासमेत रहेका सभापति शाहको ध्यानाकर्षण गराएकी थिइन् ।

धर्मशीला कड्किँदा माओवादीकै मोदीले चाहिँ चेतावनी दिए । ‘आगामी ६ महिनामा नीति बन्दै गर्छ, अहिले राज्यले नै ८–१० करोड वक्यौता देओस् । पछि उद्योगबाट असुल्न सकिन्छ,ु उनले भने, ‘राज्यले किसानको समस्या सुनेन, बाँकी भुक्तानी तत्काल दिएन भने माइतीघर मण्डलामा गएर आमरण अनसन बस्छु । किसानसँगै अनसन बसेर घुँडा टेकाउँछौं ।’

मोदीको चेतावनीपछि बोलेकी कांग्रेस सांसद पार्वती डिसी चौधरीले माहोल शान्त पार्न खोजिन । उनले आफ्नै सरकार भएको बेला अनसन बस्ने कुरा नगर्न अनुरोध गरिन् । ‘माननीयज्यूले अनसन बस्ने कुरा नगर्नुस् । आफ्नै सरकार छ । समस्या समाधानका लागि सरकारलाई भन्नुपर्छ,’ उनले भनिन् ।

उनी त्यतिमै रोकिइनन्, समस्या समस्या समाधान नहुनुमा कसको कमजोरी हो भनेर प्रश्न गर्न थालिन् । ‘मन्त्रीहरु पनि हामीजस्तै माननीय भएरै गएको छ । किन रोकिइरहेको छ । मन्त्रीलाई सचिवले नटेरेको हो कि सचिवले मन्त्रीलाई बुझाउन नसकेको हो ? हाम्रो सरकार छ, किन समाधान हुन सकिरहेको छैन ? यसमा मन्त्रीहरू पनि गम्भीर हुनुपर्छ । सरकारले तुरून्त समाधान गर्नुपर्छ, उनले भनिन् ।

कांग्रेसबाट सभापति रहेका शाहले पनि माहोल शान्त पार्ने प्रयास गरेका थिए । सांसद धर्मशीला वाणिज्य सचिव भट्टराईमाथि कड्किँदा शाहले उहाँ९सचिव०ले सबै कुरा कहाँ भन्न सक्नुहुन्छ, मन्त्री नै बोलाउला भनेर भनेका थिए । माओवादी सांसदहरुले चर्को प्रश्न गर्दा सचिव भट्टराई छलफल नसकिँदै सभापति शाहसँग विदा मागेर हिँडेका थिए । छलफलमा माओवादी सांसदहरुले सरकारका सचिवबाट सन्तुष्ट हुनेगरी जवाफ नै नपाएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ०० बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल