कतारद्वारा अवैध विदेशी कामदारको आममाफीको समय तीन महिना थप « Khabarhub

कतारद्वारा अवैध विदेशी कामदारको आममाफीको समय तीन महिना थप



दोहा– कतारले अवैध रुपमा बसेका विदेशी कामदारलाई दिएको आममाफीको समय अवधि तीन महिना थप गरेको छ । कतारले यहाँ रहेका अवैध (अनडकुमेन्टेड) कामदारहरूलाई आफ्नै कानूनी स्थिति सच्याउने म्याद ३१ मार्च २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कम्पनी तथा कामदारको हैसियतलाई वैधानिकता प्रदान गर्नका लागि कम्पनी तथा श्रमिकलाई फरार रकममा ५० प्रतिशत कटौती गरी लाभान्वित हुने कम्पनीका सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई ध्यानमा राखी यो कार्यविधि भित्रिएको जनाएको छ ।

कतारमा आईडीको म्याद सकिएका, विनावर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेका सहित विभिन्न कारण यहाँ अवैध रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवानाविना आममाफी दिएको मन्त्रालयले जनाएको छ ।

कानुन उल्लङ्घन गर्ने आप्रवासी नागरिक वा उल्लङ्घन गर्ने रोजगारदाताले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम्म सलाल सेवा केन्द्र, उम्म सुनाइम सेवा केन्द्र, मुसाइमेर सेवा केन्द्र, अल वाक्रा सेवा केन्द्र लगायत कुनै पनि सेवा केन्द्रहरूमा तोकिएको अवधिभित्र मेलमिलापको लागि अनुरोध पेश गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गएर आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधानअन्तर्गत आप्रवासीहरुको बसाइ तथा बाहिरिने नियमअन्तर्गत जारी गरिएको जनाएको छ । यसअघि अक्टोबर १० देखि शुरु भएर यो म्याद ३१ डिसेम्बर २०२१ सम्म थियो । यो समयमा के कति अवैध विदेशी नागरिक स्वदेश फर्किए वा वैध भए भन्नेबारे जानकारी दिइएको छैन ।

कतार सरकारले आममाफीको समय अवधि थप भएसँगै यहाँ गैरकानूनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानूनी रुपमा कार्यरत छन् । जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ३२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले