कतारद्वारा अवैध विदेशी कामदारको आममाफीको समय तीन महिना थप « Khabarhub

कतारद्वारा अवैध विदेशी कामदारको आममाफीको समय तीन महिना थप



दोहा– कतारले अवैध रुपमा बसेका विदेशी कामदारलाई दिएको आममाफीको समय अवधि तीन महिना थप गरेको छ । कतारले यहाँ रहेका अवैध (अनडकुमेन्टेड) कामदारहरूलाई आफ्नै कानूनी स्थिति सच्याउने म्याद ३१ मार्च २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कम्पनी तथा कामदारको हैसियतलाई वैधानिकता प्रदान गर्नका लागि कम्पनी तथा श्रमिकलाई फरार रकममा ५० प्रतिशत कटौती गरी लाभान्वित हुने कम्पनीका सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई ध्यानमा राखी यो कार्यविधि भित्रिएको जनाएको छ ।

कतारमा आईडीको म्याद सकिएका, विनावर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेका सहित विभिन्न कारण यहाँ अवैध रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवानाविना आममाफी दिएको मन्त्रालयले जनाएको छ ।

कानुन उल्लङ्घन गर्ने आप्रवासी नागरिक वा उल्लङ्घन गर्ने रोजगारदाताले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम्म सलाल सेवा केन्द्र, उम्म सुनाइम सेवा केन्द्र, मुसाइमेर सेवा केन्द्र, अल वाक्रा सेवा केन्द्र लगायत कुनै पनि सेवा केन्द्रहरूमा तोकिएको अवधिभित्र मेलमिलापको लागि अनुरोध पेश गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गएर आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधानअन्तर्गत आप्रवासीहरुको बसाइ तथा बाहिरिने नियमअन्तर्गत जारी गरिएको जनाएको छ । यसअघि अक्टोबर १० देखि शुरु भएर यो म्याद ३१ डिसेम्बर २०२१ सम्म थियो । यो समयमा के कति अवैध विदेशी नागरिक स्वदेश फर्किए वा वैध भए भन्नेबारे जानकारी दिइएको छैन ।

कतार सरकारले आममाफीको समय अवधि थप भएसँगै यहाँ गैरकानूनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानूनी रुपमा कार्यरत छन् । जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ३२ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले