पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या « Khabarhub

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ ।

गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले असहिले समस्या भएको हो ।

ट्राफिक प्रहरीले हाल उपलब्ध भएका ब्रेथलाइजर मेसिन विभिन्न क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको टोलीबीच आलोपालो प्रणालीअनुसार प्रयोग भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि करिब तीन सय वटा ब्रेथलाइजर मेसिन भए पनि हाल २७ वटा मात्रै बाँकी रहेको छन । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने, “हामीसँग पहिले तीन सय वटा मेसिन थिए, जसको प्रयोग गरेर नियमित रूपमा सवारी चालकमा मादक पदार्थको सेवन भए÷नभएको परीक्षण गर्न सकिन्थ्यो । तर आन्दोलनका क्रममा ती मेसिनहरू नष्ट भएपछिको अवस्थाले अहिले हामीलाई समस्या भएको छ ।”

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : ४६ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक