तिहारमा कस्तो रहला मौसम ? « Khabarhub

तिहारमा कस्तो रहला मौसम ?


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव नपर्ने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तिहारका विभिन्न दिनमा विशेषगरी देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली देखिने सम्भावना छ। त्यस्तै, कतिपय स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार

कार्तिक ३ गते (लक्ष्मी पूजा)
लक्ष्मी पूजाको दिन देशका अधिकांश ठाउँमा मौसम सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीसँगै केही स्थानमा फाटफुट वर्षा हुन सक्छ।

कार्तिक ४ गते
यो दिन पनि पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना यथावत् रहनेछ। अन्य भू–भागमा मौसम खुला रहने अपेक्षा गरिएको छ।

कार्तिक ५ गते (गोवर्धन पूजा)
गोवर्धन पूजाको दिन देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान छ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी स्थानहरूमा मौसम सामान्य रूपमा सफा रहनेछ।

कार्तिक ६ गते (भाइटीका)
भाइटीकाको दिन पनि पश्चिमी वायुको हल्का प्रभाव रहने भएकाले कोशी र मधेश प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले तिहार अवधिभर नागरिकलाई मौसमी परिवर्तनबारे सचेत रहँदै अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : १८ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा