राष्ट्रियसभा निर्वाचनका लागि ४३ उम्मेदवार मैदानमा (सूचीसहित) « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि ४३ उम्मेदवार मैदानमा (सूचीसहित)


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी माघ १२ गते हुने राष्ट्रियसभाका निर्वाचनका लागि ४३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

१९ सिटका लागि हुने निर्वाचनका लागि उमेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रुपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका थिए।

प्रदेश १ मा राष्ट्रियसभा सदस्यको ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश २ मा २ राष्ट्रियसभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेशतर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए।

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ दलका तर्फबाट ३ जना र नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट र नेकपा एमालेका तर्फबाट तीन तीन जनाले उम्मेदवारी दिएका हुन्।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। मतदान माघ १२ गते हुनेछ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : २५ बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण