नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु « Khabarhub

नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ ।

उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ०७ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि