विश्व इतिहासमा आज : फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति बनेको दिन « Khabarhub

विश्व इतिहासमा आज : फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति बनेको दिन


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ४ फेब्रुबरी सन् २०२२ । प्र्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना

सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्।

वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र

सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवश थियो ।

संयुत्त राज्य अमेरिका स्थापना

सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो । महासंघ स्थापनाका लागि ६ ओटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो।

अमेरिकाको पहिलो राष्ट्रपति

सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्र«पतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ३२ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि