विवाह गर्न चाहनेलाई वसन्त पञ्चमीको दिनभर शुभ मुहूर्त « Khabarhub

विवाह गर्न चाहनेलाई वसन्त पञ्चमीको दिनभर शुभ मुहूर्त


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वसन्त पञ्चमीबाट वसन्त ऋतुको आगमन हुन्छ । यस दिन विद्याकी देवी सरस्वतीको आराधनाका साथै कामदेवको पनि पूजा गरिन्छ । यस अलावा वसन्त पञ्चमीमा विवाह गर्नु पनि शुभ मानिन्छ । मान्यता अनुसार यस विवाहका लागि अबुझ मुहूर्त रहन्छ ।

ज्योतिष शास्त्र अनुसार वसन्त पञ्चमीको दिनभर दोषरहित विवाहको श्रेष्ठ योग रहन्छ । यस अलावा आइतबार परेको वसन्त पञ्चमीको योग अति शुभ संयोग मानिन्छ । शास्त्र अनुसार वसन्त पञ्चमीका दिन भगवान् शिव र माता पार्वतीको तिलकोत्सव भएको थियो । यस दृष्टिले पनि वसन्त पञ्चमी विवाहका लागि शुभ दिन मानिन्छ ।

यस्ता व्यक्तिले वसन्त पञ्चमीका दिनमा विवाह गर्न सक्छन् :

– वसन्त पञ्चमीमा ती व्यक्तिले विवाह गर्न सक्छन्, जसको विवाहमा लगातार अड्चन आएको हुन्छ ।

– विवाहका लागि वर र वधू पक्ष राजी भएर पनि गुण मिलान भएको छैन भने यस्ता व्यक्तिले पनि वसन्त पञ्चमीमा विवाह गर्न सक्छन् ।

– विवाहका लागि सबै तय भएर पनि शुभ मुहूर्त नभएको अवस्थामा पनि वसन्त पञ्चमीका दिन विवाह गर्न सकिने मान्यता छ ।

– तुरुन्तै विवाह गर्न चाहनेका लागि वसन्त पञ्चमी उत्तम दिन मानिन्छ ।

वसन्त पञ्चमीमा अरु के गर्नु शुभ मानिन्छ ?

हुन त वसन्त पञ्चमीमा विद्या र बुद्धिकी देवी सरस्वती र कामदेवको पूजा गरिन्छ । साथै यस दिन विवाहका अलावा गृह प्रवेश, नयाँ जागिरको सुरुवात, कुनै नयाँ कामको सुरुआत, भूमि पूजन, छेवर लगायतका शुभ कार्य गर्न सकिने मान्यता छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ५२ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक