खबरहब चौथो वर्षमा « Khabarhub

खबरहब चौथो वर्षमा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खबरहब आजबाट तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। यो तीन वर्षको दौरानमा तपाईँहरूबाट पाएको साथ सहयोग, स्नेह, विश्वास र सद्भावले हामीलाई निकै उत्साहित बनाएको छ।

हाम्रो तीन वर्षे यात्राबाट लिएको पाठले हामीलाई अझ परिपक्व, थप विविधतापूर्ण, विशिष्टीकृत र बेग्लै पहिचान बनाउन अनुभव दिएको ठानेका छौँ।

खबरहबले थालेको डिजिटल मिडियाको लामो यात्राको प्रयासमा तीन वर्ष लामो समय त होइन। तर पनि, यो बीचमा बढेको डिजिटल मिडियाको होडसँगै कोरोना भाइरसको महामारीले पारेको प्रभाव र प्रतिकुल परिस्थितिमा पनि हामी आफ्नो भूमीका निर्वाह गर्न निरन्तरको यात्रामा अविचलित रुपमा सक्रिय रह्यौँ।

प्रतिकुल परिस्थितिकाबीच हाम्रो संस्थामा यसै वर्षबाट रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज थपिएको छ । चुनौतीको सामना गर्दै यसै वर्षबाट सबै वर्गका पाठक, दर्शक र श्रोताका लागि अन्य संचारमाध्यम पनि क्रमश: थप्दै लैजाने प्रतिवद्धता यसै अवसरमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।

हाम्रो प्राथमिकता असामान्य अवस्थामा समेत जोखिम मोलेर भएपनि सबै सहकर्मीको प्रयत्नले कर्तव्य निर्वाह गर्ने भूमीकामा कमी आउँन दिएनौँ। हामीलाई थाहा छ पत्रकारिताको परीक्षा नै प्रतिकूलताका बेला हुने गर्दछ।

हामी जस्तो सुकै चुनौतीको पनि कुशलता पूर्वक सामना गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउन चाहन्छौँ।

उदार लोकतन्त्र, राष्ट्रियता, मानवअधिकार, बहुलवाद र संविधानवाद खबरहबको प्रकाशनका आदर्श, निष्ठा र मूल्यहरू हुन्।

यो यात्राका दौरानमा हामीले सामना गरेको सबैभन्दा चुनौती भनेको निरन्तरको स्वार्थ प्रेरित साइबर आक्रमण नै हो । तरपनि त्यस्ता गैरजिम्मेवार हमलाले हाम्रो निर्भीक पत्रकारिताको अठोटलाई विचलित पार्न सकेको छैन । बरु साइबर सुरक्षा सबल बनाउन प्रेरित गरेको छ ।

हामी जस्तोसुकै प्रतिकूलता, समस्या, जटिलता र संकटहरूको सामना गर्न तयार भएर नै आएका हौ । त्यो बाटोमा अविचलित यात्रा कायमै रहनेछ। अनुदारवादी र निषेधको कदमले हाम्रो आत्मविश्वास, निष्पक्षता, निष्ठा, जवाफदेही र अभिव्यक्ति स्वतन्त्रताको दायरा अरू फराकिलो बनाउँदै लैजाने विश्वास पनि व्यक्त गर्दछौँ ।

आगामी दिनमा खबरहब अझ परिमार्जित, परिस्कृत, चुस्त र सशक्त बनाउने प्रण गर्दछौँ। कोभिड–१९ को महामारीले अनलाइन पत्रकारितामा बढेको पाठकको संख्या र सूचनाको निर्भरतासँगै जिम्मेवारी पनि थपेको हामीले महसुस गरेका छौँ।

हामी जस्तोसुकै चुनौतीकै बीचपनि आफ्नो कतर्व्य निर्वाहमा कमी आउँन नदिने प्रतिबद्धता व्यत्त गर्दछौँ।

हामीले अहिलेसम्म आर्जन गरेको सम्पत्ति भनेको पाठकको विश्वसनियता नै हो। आगामी दिनमा हाम्रो सक्रियता, गति, क्रियाशीलता पाठकवर्गले महसुस गर्ने गरी नै बढाउने प्रतिबद्धता जनाउछौँ।

समाचार र विचारमा विविधता र तथ्यपूर्ण पत्रकारिताको निरन्तरता अगामी दिनहरूमा अझ दृढतापूर्वक निरन्तरता रहने विश्वास पनि यहाँहरूमा दिलाउन चाहन्छौँ।

खबरहबलाई तपाईँ पाठकहरूले हृदय देखिनै मनपराएर यहाँसम्म ल्याइदिनु भएकोमा हामी तपाईँहरू प्रति ऋणी छौँ । आगामी यात्रामा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौँ। तपाईँहरूको अमूल्य सल्लाह, सुझाव र आलोचना हाम्रा लागि सदैब ग्राह्य छ।

अन्त्यमा तेस्रो वार्षिकोत्सवको पावनअवसरमा हामीलाई निरन्तर प्रेरणा दिनुहुने आमपाठक, निरन्तर खट्ने सहकर्मी, हौसला प्रदान गरिरहने शुभचिन्तक, विचार प्रवाह गरिदिनुहुने लेखक, बहसमा सहभागी भइदिनुहुने विज्ञ, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत हाम्रा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद।

नरेश श्रेष्ठ
अध्यक्ष
खबरहब

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ४९ बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री