साउदीमा अलपत्र १५ नेपालीको गुहारः हामीलाई चाँडो उद्धार गर्नुहोस « Khabarhub

साउदीमा अलपत्र १५ नेपालीको गुहारः हामीलाई चाँडो उद्धार गर्नुहोस



दोहा–विदेशिएका नेपालीहरुको औसत सपना सायद एउटै हुन्छ, अलिकति पैसा कमाएर सुगम ठाउँमा एउटा सानो घर बनाउने । परिवार नहुनेले परिवार बसाउने, नियमित आम्दानी हुने सानोतिनो व्यवसाय गर्ने र आफ्नो परिवारसँगै बस्ने ।

यस्तै सपना बुन्दै दैनिकजसो सयौं युवा विदेशिने गरे पनि कसैका पूरा हुन्छन् त कसैको हुँदैनन् । यस्तै नियति भोग्नु परेको छ साउदी पुगेका १५ नेपालीले । वैदेशिक रोजगारीका लागि करिब पाँच महिनाअघि साउदी अरबको दम्माम पुगेका १५ नेपाली अलपत्र परेका छन् ।

आकर्षक रोजगारीको लोभ देखाएर वेस्टर्न ह्युमन रिसोर्स प्रालिमार्फत त्यहाँ पुगेका उनीहरुलाई सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् ।

आफूहरुले मेनपावर कम्पनीलाई प्रतिव्यक्ति एक लाख ४० हजार देखि १ लाख ८० हजारसम्म पैसा बुझाएर साउदी रासिल कम्पनीमा आएको तर, मेनपावरले भने जस्तो काम तथा तलव सुविधा नपाएपछि अलपत्र परेको भन्दै उनीहरुले घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

नेपालबाट मेनपावरले साउदी रशिन कम्पनी भने पनि यहाँ पुगेपछि सप्लाई कम्पनीमा पठाएकाले आफूहरु समस्यामा परेको तथा कम्पनी कुनै खाने पैसा पनि नदिएकाले आफू भोकभोकै बस्न बाध्य भएको अलपत्र परेका मध्ये खड्कबहादुर दंगालले जानकारी दिए ।

‘हामी यहाँ आएको पाँच महिना हुन् लाग्यो न कम्पनीले काम नै दिएको छ नत खाने पैसा नै, अहिले हामी विभिन्न नेपाली साथीहरुले सहयोग गरेकोले बाँचिरहेका छौ ,’ खड्क बहादुरले खबरहबसँग भने, बाहिर काम गर्न जाऊ भने पनि पछि समस्या हुन्छ, हामी तनावमा छौ हामीलाई चाँडो उद्धार गर्नु पर्यो ।’

आफूहरुको समस्याबारे रियादस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएको तर, दूतावासले पनि नेपालमा मेनपावरलाई भन्नु भन्ने जवाफ दिएको उनीहरुले बताएका छन् ।

नेपालमा मेनपावरलाई आफ्ना आफन्तहरुले गएर दबाब दिएपछि माघ १६ गते भित्रमा उद्धार गर्छौ भनेर कागज गरेको थियो । तर हालसम्म कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । पछिल्लो समय मेनपावरले अब हामी केहि गर्न सक्दैनौ भन्दै धम्की दिने गरेको उनीहरुले आरोप लगाएका छन् ।

‘हामीले बकलाबाट उधारो दाल चामल खाएका थियौ अहिले बकलाको साहु आएर पैसा दे नत्र प्रहरी बोलाएर पठाउ छु भनेको छ,’ उनले थपे, ‘हामी त नेपाली साथीहरुको सहयोगमा बाचिरहेका छौ कहाँबाट पैसा ल्याएर दिने समस्या छ कति दिन साथीहरुको आशमा बाच्ने ? ’

आफूहरुले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सचिवालयले उपलब्ध गराएको नम्बरमा पनि गुनासो रहेको तथा त्यहाँबाट पनि अहिलेसम्म सुनवाई नभएको बताएका छन् ।

उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई स्वदेश र्फकने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

यी हुन् साउदीको दाम्माममा अलपत्र परेका १५ नेपाली युवाहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यस्तो छ मेनपावर सञ्चालकले उनीहरुको आफन्तसंग माघ १६ गते भित्र स्वदेश फिर्ता गर्छौ भनेको पत्र:

https://www.facebook.com/watch/?v=525413592038858

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ०० बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले