राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीनजना पक्राउ « Khabarhub

राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीनजना पक्राउ


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौँको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका-११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

त्रिपुरेश्‍वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एक/एक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौँ जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ४५ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा