पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन « Khabarhub

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।

उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो ।

जारी लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औँ स्थानमा रहेको छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ३० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ