आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा « Khabarhub

आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्।

युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। टेलिफोनमा भएको कुराकानीमा पुटिनले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ। युक्रेनले गरेको वार्ताको ढिलाइले रुसका मागहरू बढ्दै जाने पुटिनले बताएका हुन्।

साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। रुसले युक्रेनका केही महत्वपूर्ण सहर कब्जामा लिइसकेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : २४ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल